×

बढ्यो सुनचाँदीको मूल्य, ताेलामा कति ?

माघ २५, २०७७ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं – नेपाली बजारमा आज (आइतवार) सुनचाँदीको मूल्य बृद्धि भएको छ । शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार रहेको थियो ।

आज सुनको मूल्य तोलामा ६ सयले बृद्धि भइ प्रतितोला सुन ९० हजार ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ९० हजार १ सय ५० रहेको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बृद्धि भएको छ ।

शुक्रवार प्रतितोला चाँदीको मूल्य १२ सय ९० रहेको थियो भने आज मूल्य बृद्धि भई प्रतितोला चाँदी १३ सय १० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: