
काठमाडौं – राजनराज शिवाकोटीले रचना गरेको गीत ‘फुलबुट्टे सारी’ को फिमेल भर्सनलाई छोटो समयमा नै २ करोडभन्दा बढीले हेरेका छन् ।
यो गीत युट्युबमा सार्वजनिक भएको ३९ औं दिनमा २ करोडभन्दा बढीले हेरेका हुन् । यो समाचार तयार पार्दासम्म यो भिडियोलाई २ करोड १७ लाखले हेरेका छन् ।
मिलन नेवारको स्वर रहेको यो गीतमा पल शाह र मलिका महतको अभिनय छ ।
युट्युबमा यो गीत ओर्जिनल गीतभन्दा बढी हेरिएको हो । गीतको भिडियोमा मलिका र पलको अभिनयलाई पनि आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया