
काठमाडौं – नक्कली जग्गा धनी खडा गरी जग्गा बिक्रि गरेको आरोपमा कलंकी मालपोत कार्यालयका नायब सुब्बा नारायण श्रेष्ठ र उद्योग मन्त्रालयका अधिकृत बिनोद दाहाल प्रक्राउ परेका छन् ।
उनीहरु दुवैलाई बुधवार महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।
सामाखुसीमा रहेको अर्काको नामको जग्गा बेचबिखन गरेको अवस्थामा उनीहरुलाई प्रक्राउ गरिएको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख असोक सिंहले जानकारी दिए ।
प्रहरी प्रमुख सिंहका अनुसार उनीहरुले बिक्रि गरेको जग्गाका धनी भने विदेशमा रहेको र श्रेष्ठ र दाहालले नक्कली जग्गाधनी खडा गरेका थिए ।
दुवै जनालाई काठमाडौंबाट धनगढी जाँदै गरेको अवस्थामा पक्राउ गरिएको र आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको सिंहले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया