|
२०८३ श्रावण १०
दाङ : देउखुरी क्षेत्रमा सञ्चालनमा रहेको एक होटलले यात्रुहरूलाई गुणस्तरहीन तथा बासी खाना खुवाएको भेटिएपछि सम्बन्धित निकायले रु २५ हजार जरिवाना गरेको छ।
अनुगमनका क्रममा होटलमा बासी खाना भण्डारण, खानामा कृत्रिम रङको प्रयोग, अस्वच्छ भान्सा, मूल्यसूची नराखिएको तथा सरसफाइमा लापरबाही देखिएपछि कारबाही गरिएको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले तोकिएको जरिवाना निर्धारित समयभित्र बुझाउन र आवश्यक कागजात पेश गर्न निर्देशन दिएको जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्