|
२०८३ श्रावण ६
काठमाडौँ : अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी अन्तरराष्ट्रिय खेल पत्रकार महासङ्घ (एआईपीएस)को मतदानबाट फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित भएका छन्। १२१ देशका ४७२ खेल पत्रकारको मतमा मेस्सीले १,१७९ अङ्क प्राप्त गर्दै फ्रान्सका किलियन एम्बाप्पे र इङ्ल्यान्डका जुड बेलिङ्घमलाई पछि पारे।
एआईपीएसले प्राथमिकताका आधारमा गरिएको मतदानबाट उत्कृष्ट खेलाडी छनोट गरेको हो। विश्वभरका खेल पत्रकारको समर्थनसँगै मेस्सीले अर्को प्रतिष्ठित व्यक्तिगत सम्मान आफ्नो नाममा लेखाएका छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्