कांग्रेसभित्र निर्णय प्रक्रियामाथि शेखरको असन्तुष्टि

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ६

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र हुकुमी शैलीको नेतृत्व स्वीकार्य नहुने बताएका छन्। काठमाडौंमा आयोजित इतर पक्षको भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस कमजोर हुँदा मुलुकमा अराजकता बढ्ने दाबी गरे।

कोइरालाले पार्टी सञ्चालनमा पारदर्शिता आवश्यक रहेको उल्लेख गर्दै वडा सभापतिहरूलाई स्पष्टीकरणबिना हटाउने निर्णयप्रति आपत्ति जनाए। उनले कांग्रेसभित्र देखिएको निरंकुश प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए।

सभापति गगन थापाले पार्टी सदस्यता अद्यावधिक नगर्नेहरूलाई जिम्मेवारीबाट हटाएको विषयप्रति असहमति जनाउँदै कोइरालाले पार्टी एकताका लागि पहल गर्न आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *