सुत्केरी महिलालाई सेनाको हेलिकप्टरबाट पोखरा रिफर

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ६

गण्डकी : बागलुङको निसीखोला गाउँपालिका–३ की ३९ वर्षीया मीना सुनारलाई सुत्केरीपछिको अत्यधिक रक्तस्रावका कारण नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ।

स्थानीय स्वास्थ्य संस्थाबाट बुर्तिबाङ अस्पताल पुर्‍याइएकी सुनारको स्वास्थ्य अवस्था जटिल देखिएपछि थप उपचारका लागि हवाई उद्धार गरिएको हो। चिकित्सकका अनुसार उनको पेटभित्र रगत जमेको पाइएकाले विशेषज्ञ उपचार आवश्यक परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *