साकाको ह्याट्रिकमा फ्रान्समाथि इंग्ल्यान्डको शानदार जित, विश्वकपमा तेस्रो स्थान कब्जा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ३

काठमाडौं । बुकायो साकाको उत्कृष्ट ह्याट्रिक प्रदर्शनको मद्दतमा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ ले पराजित गर्दै विश्वकप फुटबलमा तेस्रो स्थान हासिल गरेको छ।

तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धात्मक खेलमा इंग्ल्यान्डले सुरुआतदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै पहिलो हाफमै ४–० को बलियो अग्रता बनाएको थियो। खेलको तेस्रो मिनेटमा डेक्लन राइसले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने १८औँ मिनेटमा एज्री कोन्साले दोस्रो गोल थपे। त्यसपछि बुकायो साकाले ३०औँ मिनेटमा गोल गर्दै पहिलो हाफलाई इंग्ल्यान्डको पक्षमा एकतर्फी बनाए।

दोस्रो हाफमा पनि साकाले आफ्नो उत्कृष्ट लय कायम राख्दै ४७औँ र ८५औँ मिनेटमा थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरे।

फ्रान्सले खेलमा पुनरागमन गर्ने प्रयास गरेको थियो। क्लियन एम्बाप्पेले ४७औँ र ६६औँ मिनेटमा दुई गोल गरे भने ब्राड्ली ब्रोकोलाले ५३औँ मिनेटमा गोल थपे। अतिरिक्त समयमा उसमान डेम्बेलेले गोल गर्दै फ्रान्सलाई ५–४ को अवस्थामा पुर्‍याए पनि इंग्ल्यान्डका जुड बेलिङ्घमले ९७औँ मिनेटमा अर्को गोल गर्दै टोलीको ६–४ को जित सुनिश्चित गरे।

यससँगै इंग्ल्यान्डले प्रतियोगिताको तेस्रो स्थान आफ्नो नाममा पार्दा फ्रान्स चौथो स्थानमा सीमित भयो। यद्यपि फ्रान्सका कप्तान क्लियन एम्बाप्पे जारी विश्वकपमा १० गोलसहित सर्वाधिक गोलकर्ता बने।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *