|
२०८३ असार ३२
काठमाडौं । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनील पौडेल र व्यवसायी दीपक आनन्दलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको छ।
अदालतको फैसलाअनुसार दुवै जनालाई ८ वर्ष कैद र जनही १ करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिवाना तोकिएको छ। सार्वजनिक पदमा रहेका कारण पौडेललाई थप ६ महिना कैद सजाय थप गरिएको छ।
विशेष अदालतले दुवै प्रतिवादीबाट जनही ६ लाख १७ हजार ८ रुपैयाँ असुल गरी अपराध पीडित राहत कोषमा जम्मा गर्न समेत आदेश दिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्