जहाजभित्र यात्रुको दुर्व्यवहारपछि दिल्ली उडान केहीबेर प्रभावित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ३२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीका लागि उड्न लागेको एयर इन्डियाको विमान एक यात्रुले जहाजभित्र दुर्व्यवहार गरेपछि रनवेबाट पार्किङ क्षेत्रमा फर्काइएको छ।

उडानको तयारी भइरहेका बेला शौचालय प्रयोग गर्ने विषयमा विवाद हुँदा ती यात्रुले एयरहोस्टेसमाथि हातपात गरेको बताइएको छ। घटनापछि पाइलटले टेकअफ स्थगित गर्दै विमान फर्काएका हुन्। सम्बन्धित यात्रुलाई नियन्त्रणमा लिएपछि आवश्यक प्रक्रिया पूरा गरी उडान पुनः सञ्चालन गर्ने तयारी गरिएको विमानस्थल स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *