|
असार ३२, २०८३
काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणमा चार नयाँ सदस्य नियुक्त गरेको छ। सूचना तथा सञ्चार मन्त्रालयको निर्णयअनुसार लेखा तथा लेखापरीक्षण, प्राविधिक तथा प्रशासन, कानुन र बजार व्यवस्थापन क्षेत्रका प्रतिनिधिलाई सदस्यको जिम्मेवारी दिइएको हो।
नवनियुक्त सदस्यहरूलाई बधाई दिँदै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार क्षेत्रको विकास, विस्तार र प्रभावकारी नियमनमा परिणाममुखी ढंगले काम गर्न निर्देशन दिएका छन्। उनले जनहितलाई केन्द्रमा राखेर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै प्राधिकरणको भूमिकालाई अझ प्रभावकारी बनाउन जोड दिएका छन्।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्