|
असार ३२, २०८३
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले रोजगारीको सुनिश्चितता नभएका सीपमूलक तालिम सञ्चालन नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
उद्योगी तथा व्यवसायीसँगको छलफलमा उनले श्रम मन्त्रालयबाट सञ्चालन हुने तालिम प्रत्यक्ष रोजगारीसँग जोडिनुपर्ने बताए। साथै, निजी क्षेत्र, श्रमिक र सरकारबीचको सहकार्यमा नयाँ कार्यविधि तयार गरी आगामी साउनभित्र कार्यान्वयनमा ल्याइने जानकारी पनि दिए।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्