|
२०८३ असार ३१
काठमाडौं : स्पेनले फ्रान्सविरुद्ध प्रभावशाली खेल प्रदर्शन गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको टेक्सासस्थित डलासमा सम्पन्न पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–० गोलअन्तरले पराजित गरेको हो।
स्पेनका लागि पहिलो गोल मिकेल ओयारजाबालले खेलको २२औँ मिनेटमा पेनाल्टीमार्फत गरेका थिए। लामिन यमालमाथि भएको फाउलपछि प्राप्त अवसरलाई उनले सफलतापूर्वक गोलमा परिणत गरेका हुन्।
दोस्रो हाफको ५८औँ मिनेटमा पेड्रो पोरोले अर्को गोल थपेपछि स्पेनले खेलमा स्पष्ट नियन्त्रण कायम गर्यो। त्यसपछि फ्रान्सले गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन।
यस जितसँगै स्पेनले उपाधि नजिकको यात्रा तय गर्दै विश्वकपको फाइनलमा आफ्नो स्थान पक्का गरेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्