सप्तकोसीमा जलस्तर उकालो, कोसी ब्यारेजका २० ढोका खोलिए

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ३०

सुनसरी । लगातारको वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका २० वटा ढोका खोलिएको छ।

सुनसरी प्रहरीले दिएको जानकारीअनुसार ब्यारेज क्षेत्रमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ७२ हजार ४३२ क्युसेक पुगेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै ब्यारेजका ५६ वटा ढोकामध्ये २० वटा खुला गरिएको हो।

नदीको बहाव अझै बढ्ने क्रममा रहेकाले सतर्कताको संकेतस्वरुप कोसी ब्यारेजमा रातो बत्ती बालिएको छ भने रातो झण्डासमेत राखिएको छ। स्थानीयलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *