प्रमुख प्रशासकीय अधिकृत नहुँदा मौलापुरमा विरोध प्रदर्शन

DaksuMedia दाक्सु मिडिया
|
असार २५, २०८३

रौतहट : रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाइएको भन्दै स्थानीयले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को पुतला दहन गरेका छन्।

नगरपालिकाको प्रशासनिक र बजेट कार्यान्वयन प्रक्रिया प्रभावित भएको भन्दै प्रदर्शनकारीले तत्काल प्रमुख प्रशासकीय अधिकृत पठाउन माग गरेका हुन्।

स्थानीयका अनुसार लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा शिक्षकको तलब, कर्मचारी भुक्तानी र अन्य सेवा प्रवाहमा समस्या देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *