संसद् नियमावलीविरुद्ध कांग्रेस अदालतमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २५

काठमाडौँ : नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावलीका केही प्रावधान संविधानविपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएको छ।

कांग्रेसका तर्फबाट प्रतिनिधिसभा संसदीय दलका उपनेता अभिषेकप्रताप शाह र राष्ट्रियसभा सचेतक पदम परियारले रिट दायर गरेका हुन्। रिटमा संविधान संशोधन र विशेषाधिकारसम्बन्धी व्यवस्थाप्रति आपत्ति जनाइएको छ।

प्रतिनिधिसभाले गत जेठ २१ गते पारित गरेको नियमावली छलफलका लागि समितिमा नपठाइएको भन्दै कांग्रेसले न्यायिक पुनरावलोकन माग गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *