|
२०८३ असार १९
काठमाडौं, असार १९ — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै युवालाई स्वदेशमै भविष्य निर्माण गर्न सक्ने वातावरण सिर्जना गर्न सरकार लागिपरेको बताएका छन्।
काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोहमा बोल्दै उनले शिक्षित जनशक्तिले आफ्नो ज्ञान, सीप र अनुभवलाई राष्ट्रको विकासमा प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याए। विदेश जाने सोचभन्दा नेपालभित्रै अवसर खोज्न उनले स्नातक विद्यार्थीलाई आग्रह गरे।
सो अवसरमा विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिकेश वाग्लेले कृत्रिम बुद्धिमत्ता र स्वचालनको बढ्दो प्रभावका बीच प्राविधिक दक्षतासँगै नैतिकता, विवेक र सामाजिक उत्तरदायित्व पनि उत्तिकै आवश्यक रहेको धारणा व्यक्त गरे।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्