|
२०८३ असार १२
काठमाडौँ । सांसद रामकुमारी झाँक्रीले जेन–जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनप्रति असहमति जनाएकी छन्।
राष्ट्रिय सभामा बोल्दै उनले आयोगले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर सिफारिस गरेको दाबी गरिन्। भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा छुट्टै न्यायिक आयोग गठन गर्नुपर्ने उनको माग छ।
उनले आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने पनि बताइन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्