अत्यधिक गर्मीका कारण वीरगञ्जका विद्यालय चार दिन बन्द

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ११

पर्सा, असार ११ । बढ्दो तापक्रम र लूको जोखिमलाई ध्यानमा राख्दै वीरगञ्ज महानगरपालिकाले क्षेत्रभित्रका सबै विद्यालयमा चार दिनका लागि बिदा घोषणा गरेको छ।

महानगरको निर्णयअनुसार बाल विकासदेखि कक्षा १२ सम्मका सामुदायिक तथा निजी विद्यालय असार ११ गतेदेखि बन्द रहनेछन्। बिदा अवधि वार्षिक वर्षे बिदाबाट समायोजन गरिने जनाइएको छ।

बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै यो निर्णय गरिएको महानगरपालिकाले जनाएको छ। पछिल्ला दिनहरूमा तराई–मधेस क्षेत्रमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बन्दै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *