पूर्वी क्षेत्रमा मनसुन सक्रिय, अधिकांश तराईमा मौसम खुला

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ११

काठमाडौं, असार ११ । देशका पूर्वी तथा मध्य भूभागमा मनसुनी वायुको प्रभाव कायम रहेको छ। कोशी, मधेस र बागमती प्रदेशसहित गण्डकी तथा लुम्बिनीका केही क्षेत्रमा मनसुन सक्रिय रहेको मौसमविद्हरूले बताएका छन्।

हाल हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ भने तराईका अधिकांश स्थानमा आंशिक बदलीदेखि मौसम खुला रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो पहाडी तथा हिमाली भूभागमा बादल लाग्ने सम्भावना छ। यता लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने मौसम प्रायः सफा रहने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *