दुई नदीमा जोखिममा परेका व्यक्ति सकुशल उद्धार

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ४

काठमाडौं, असार ४ — सशस्त्र प्रहरी बलले नारायणी र भोटेकोशी नदीमा जोखिममा परेका दुई जनाको सफल उद्धार गरेको छ।

पूर्वी नवलपरासीमा नारायणी नदीमा फसेका एक वृद्धलाई मोटरबोटमार्फत सुरक्षित निकालेर उपचारका लागि अस्पताल पठाइएको छ। यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी नदीमा बगेर बीच भागको ढुंगामा अड्किएका एक युवालाई पनि उद्धार गरी स्वास्थ्य उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

उद्धार गरिएका दुवै जनाको अवस्था सामान्य रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *