स्वस्थ जीवनका लागि योग अपनाउन राष्ट्रपति पौडेलको आह्वान

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई दैनिक जीवनको हिस्सा बनाउन सबैलाई आग्रह गरेका छन्।

बाह्रौँ विश्व योग दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै पौडेलले योगले शरीर, मन र आत्माबीच सन्तुलन कायम गर्न सहयोग गर्ने बताएका छन्।

उनले ध्यान, प्राणायाम र योग अभ्यासले तनाव घटाउन, सकारात्मक सोच बढाउन तथा स्वास्थ्य सुधारमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन्। योगलाई जनस्वास्थ्य, शिक्षा र राष्ट्रिय नीतिको महत्वपूर्ण पक्षका रूपमा अघि बढाउन आवश्यक रहेको उनको भनाइ छ।

राष्ट्रपति पौडेलले आधुनिक जीवनका चुनौतीबीच शारीरिक र मानसिक रूपमा स्वस्थ रहन योग अभ्यास प्रभावकारी माध्यम बन्न सक्ने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *