नेपाली हास्य क्षेत्रमा शोक, कलाकार खेम शर्मा ‘चतुरे’को निधन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ७

काठमाडौं । चर्चित हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन भएको छ।

अमेरिकाको बाल्टिमोरमा उपचारका क्रममा आइतबार बिहान शर्माको निधन भएको कलाकार शिवहरि पौडेलले जानकारी दिएका छन्। उनी पछिल्लो समय अमेरिकामा बस्दै आएका थिए।

करिब सात वर्षदेखि क्यान्सरसँग संघर्ष गरिरहेका शर्मा टेलिफिल्म ‘चतुरेको दाउपेच’बाट दर्शकमाझ लोकप्रिय बनेका थिए। उनले विभिन्न टेलिफिल्म तथा चलचित्रमा अभिनय गर्नुका साथै ‘चतुरेको दाउपेच’ नामक चलचित्र निर्माणसमेत गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *