विद्युत् कर नीतिप्रति पाण्डेको आपत्ति, “सर्वसाधारणमाथि थपियो आर्थिक दबाब”

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ७

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता राजेन्द्र पाण्डेले सरकारको बजेट तथा नीतिहरूले आम नागरिकलाई राहत दिन नसकेको आरोप लगाएका छन्।

अखिल नेपाल किसान महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै पाण्डेले विद्युत् खपतमा भ्याट लगाउने निर्णयले सर्वसाधारण उपभोक्तामाथि थप आर्थिक भार परेको दाबी गरे।

उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा कर बढाउने नीतिले समेत गरिब, सुकुमबासी तथा मध्यमवर्गीय परिवार बढी प्रभावित हुने बताए। सरकारका निर्णयहरू जनमुखी हुनुपर्ने उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *