|
असार ७, २०८३
बारा । बाराको कलैया उपमहानगरपालिका–६ स्थित एक पोखरीमा डुबेर दुई बालिकाको ज्यान गएको छ।
शनिबार नुहाउन गएका स्थानीय ६ वर्षीया सृजनाकुमारी मण्डल र ५ वर्षीया अञ्जलीकुमारी मण्डल पोखरीमा डुबेका थिए। घटनापछि उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याइएको थियो।
तर अस्पतालमा चिकित्सकले दुवै बालिकालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। घटनाबारे थप विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्