|
२०८३ असार ६
पोखरा, असार ६ — पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा खानेपानी अभाव चर्किएपछि होटल व्यवसायीहरूले तत्काल समाधानको माग गरेका छन्।
होटल संघका प्रतिनिधिहरूले नेपाल खानेपानी संस्थान पोखरा पुगेर नियमित आपूर्ति सुनिश्चित गर्न आग्रह गरेका हुन्। व्यवसायीका अनुसार दैनिक आवश्यक पानी नपुग्दा होटलहरू ट्याङ्करमार्फत पानी खरिद गरेर सञ्चालन गर्न बाध्य भएका छन्।
संस्थागत विवरणअनुसार मर्दीखोलाबाट पानी ल्याइए पनि पाइप क्षमताको सीमितता र केही संरचनागत समस्याका कारण वितरण प्रभावकारी हुन सकेको छैन। व्यवसायीहरूले पर्यटन क्षेत्रमै आधारभूत सेवाको अभाव हुनु चिन्ताजनक भएको बताएका छन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्