|
२०८३ असार ६
रुपन्देही, असार ६ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सरकार सक्रिय रहेको बताएका छन्।
भैरहवामा आयोजित एक कार्यक्रममा बोल्दै उनले विमानस्थल अपेक्षाअनुसार सञ्चालन हुन नसक्नुमा राजनीतिक वा कूटनीतिक कारणभन्दा नीतिगत कमजोरी जिम्मेवार रहेको उल्लेख गरे। ती त्रुटि सुधारका लागि आवश्यक पहल भइरहेको उनको भनाइ छ।
मन्त्री पौडेलले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहज सेवा उपलब्ध गराउन घरबाटै श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको जानकारी दिँदै विमानस्थलहरूलाई पर्यटक भित्र्याउने केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। साथै, भविष्यमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको आवश्यकता पनि औँल्याए।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्