|
असार ३, २०८३
पाँचथर, असार ३ — बाढीले क्षति पुर्याएको सिँचाइ कुलो पुनर्निर्माण नहुँदा माझीटारको खेतीयोग्य जमिन चार वर्षदेखि बाँझिएको छ। सिँचाइ अभावका कारण स्थानीय किसानले धान, तरकारी र नगदेबाली उत्पादन गर्न सकेका छैनन्।
वि.सं. २०८० को बाढीले हेंवाखोलाबाट ल्याइएको कुलो क्षतिग्रस्त बनाएपछि करिब ५०० मुरी धान फल्ने खेत प्रभावित भएको स्थानीयले बताएका छन्।
कुलो पुनर्निर्माणमा सम्बन्धित निकायले चासो नदिँदा माझी समुदायको जीविकोपार्जन कठिन बन्दै गएको छ। खेतीपाती घटेसँगै धेरै युवा रोजगारीका लागि बाहिरिन थालेका छन्।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्