सीमा विवाद संवादमार्फत टुंग्याउने नेपाल–परराष्ट्रमन्त्रीको स्पष्टता

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २४

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद कूटनीतिक संवादमार्फत समाधान गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन्।

भारत भ्रमणका क्रममा नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा उनले सीमा सम्बन्धी सबै विषय वार्ता र आपसी समझदारीबाट समाधान गरिने स्पष्ट पारे।

मन्त्री खनालले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि रहेको दोहोर्याउँदै यसबारे नेपालले आफ्नो आधिकारिक धारणा दुवै छिमेकी मुलुकलाई जानकारी गराइसकेको बताए।

उनले दुई देशबीचको सम्बन्धलाई आपसी सहकार्य र कूटनीतिक संयन्त्रमार्फत अझ सुदृढ बनाउने प्रतिबद्धता समेत व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *