विस्तारको पर्खाइमा टरिगाउँ विमानस्थल, सेवा अझै अनिश्चित

DaksuMedia दाक्सु मिडिया
|
असार २, २०८३

दाङ : दाङको टरिगाउँ विमानस्थल सञ्चालनमा आएको सात दशकभन्दा बढी समय बितिसक्दा पनि अपेक्षित स्तरवृद्धि हुन सकेको छैन। छोटो धावनमार्गका कारण साना जहाज मात्र सञ्चालन गर्न मिल्ने भएकाले उडान नियमित हुन नसकेको र यात्रुले सहज सेवा पाउन नसकेको गुनासो बढ्दो छ।

विमानस्थल विस्तारका विषयमा वर्षौंदेखि चर्चा र बजेट घोषणाहरू भए पनि ठोस काम अघि बढ्न सकेको छैन। धावनमार्ग लम्ब्याएर ठूला जहाज अवतरण गर्न सक्ने बनाउने योजना भए पनि आवश्यक बजेट र प्रक्रिया अझै टुङ्गोमा पुगेको छैन।

अनियमित उडानका कारण दाङका यात्रुहरू हवाई यात्राका लागि नेपालगञ्ज वा भैरहवा पुग्न बाध्य छन्। स्थानीय तह र सरोकारवाला निकायले विमानस्थल स्तरोन्नतिको माग दोहोर्‍याइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *