क्यालिफोर्नियामा सैन्य विमान दुर्घटना, ८ जनाको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २

काठमाडौं, असार २ — अमेरिकाको क्यालिफोर्निया राज्यस्थित एडवर्ड्स एयरफोर्स बेसमा भएको सैन्य विमान दुर्घटनामा आठ जनाको मृत्यु भएको छ।

नियमित परीक्षण उडानका क्रममा उडेको बी–५२ बम्बर विमान टेकअफ गरेलगत्तै दुर्घटनाग्रस्त भई आगलागी भएको अमेरिकी वायुसेनाले जनाएको छ। घटनामा विमानमा सवार सबैको ज्यान गएको पुष्टि गरिएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको छ। प्रारम्भिक रूपमा प्राविधिक खराबी हुनसक्ने अनुमान गरिए पनि आधिकारिक निष्कर्ष आउन बाँकी छ। दुर्घटनापछि सम्बन्धित एयरफिल्ड अस्थायी रूपमा बन्द गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *