|
असार २, २०८३
कञ्चनपुर, असार २ — कञ्चनपुरका विभिन्न स्थानीय तहहरूले असारदेखि भदौ मसान्तसम्म नदी तथा खोलाबाट ढुंगा, गिट्टी र बालुवा निकाल्ने कार्यमा रोक लगाएका छन्।
कानुनी प्रावधानअनुसार वर्षायाममा नदीजन्य पदार्थ उत्खनन बन्द गरिएको हो। भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै उत्खनन, सङ्कलन, ढुवानी र बिक्री वितरण नगर्न आग्रह गरेका छन्।
स्थानीय तहका अनुसार यो निर्णय नदीको प्राकृतिक बहाव जोगाउन, वातावरण संरक्षण गर्न तथा बाढी र डुबानको जोखिम कम गर्न लागू गरिएको हो। नियम उल्लङ्घन गर्ने व्यक्ति वा संस्थामाथि कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्