आज प्रतिनिधिसभामा बजेटमाथि व्यापक बहस

DaksuMedia दाक्सु मिडिया
|
असार २, २०८३

काठमाडौँ, असार २ — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालय तथा संवैधानिक निकायहरूको बजेटमाथि संयुक्त छलफल गरिनेछ।

विज्ञान तथा प्रविधि, कानुन, गृह, ऊर्जा, परराष्ट्र, अर्थ, रक्षा लगायतका मन्त्रालयहरूको खर्च शीर्षकमाथि सांसदहरूले धारणा राख्नेछन्। केही सांसदहरूले सम्बन्धित मन्त्रालयहरूको बजेट रकम घटाउन खर्च कटौती प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

बैठकको अन्त्यमा प्रतिनिधिसभाका पूर्व सदस्य मंगल प्रसाद गुप्ताको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पेश गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *