|
२०८३ जेष्ठ ३०
काठमाडौँ — सरकारी तथा सार्वजनिक जग्गा संरक्षण सम्बन्धी रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले ८ सदस्यीय सहजीकरण समिति गठन गरेको छ। नापी विभागका उपमहानिर्देशक कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा समिति गठन गरिएको हो।
मन्त्रिपरिषद्ले प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएपछि मन्त्रालयले तत्काल समिति गठन गरेको जनाएको छ। समितिमा विभिन्न मन्त्रालय र निकायका प्रतिनिधि समावेश छन्।
भूमि मन्त्री प्रतिभा रावलले लामो समयदेखि अड्किएको प्रतिवेदन अब कार्यान्वयनमा जाने र सरकारी जग्गा संरक्षणमा सहयोग पुग्ने बताएकी छन्।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्