|
२०८३ जेष्ठ २९
अत्तरिया, जेठ २९ — कैलालीको गोदावरी क्षेत्रमा आएको बाढीमा बगेर दुई महिलाको मृत्यु भएको छ।
प्रहरीका अनुसार बिहान जंगलमा च्याउ संकलन गर्न गएका गोदावरी नगरपालिका–४ निवासी ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउद नदीले बगाएका थिए। खोजीका क्रममा दुवैको शव वनदेवी मन्दिर पछाडिको क्षेत्रमा फेला परेको जनाइएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्