पश्चिमी किनारामा गोलीबारी, शिशुको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २४

काठमाडौँ । पश्चिमी किनाराको हेब्रोन क्षेत्रमा इजरायली सेनाको गोलीबारीमा सात महिनाका एक प्यालेस्टिनी शिशुको मृत्यु भएको छ भने उनका आमाबुबा घाइते भएका छन्।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार गोली लागेर शिशुको घटनास्थलमै मृत्यु भएको हो। घाइते आमाबुबाको उपचार भइरहेको छ, जसमा आमाको अवस्था गम्भीर रहेको बताइएको छ।

इजरायली सेनाले भने तीव्र गतिमा आएको आशंकामा एक सवारीसाधनलाई लक्षित गरी गोली चलाइएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *