|
२०८३ जेष्ठ २४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले प्रतिनिधिसभा बैठक लामो समय स्थगित गरिएको विषयमा आपत्ति जनाएकी छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले संसद् सञ्चालनका लागि पर्याप्त पहल नभएको र राष्ट्रिय मुद्दाभन्दा राजनीतिक दलहरूको आवश्यकतालाई प्राथमिकता दिइएको आशंका व्यक्त गरिन्।
ओलीले संसद् जनताको सार्वभौम इच्छाको प्रतिनिधित्व गर्ने संस्था भएकाले यसको गरिमा र संसदीय मूल्यको संरक्षणमा सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने बताएकी छन्। प्रतिनिधिसभा बैठक गत मंगलबारदेखि स्थगित भई सोमबार बस्ने तय गरिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्