नेपाल उपाधि नजिक, ओमानमाथि शानदार जित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २४

काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको छ।

सिंगापुरमा आइतबार भएको खेलमा ९५ रनको लक्ष्य पछ्याएको नेपालले ९.२ ओभरमै दुई विकेट गुमाएर जित हात पार्यो। लोकेश बम ४४ रनमा अविजित रहे भने रोहित पौडेलले २१ रन जोडे।

यसअघि ओमान १९.४ ओभरमा ९४ रनमै समेटिएको थियो। कप्तान सुफिया मेहमुदले सर्वाधिक ३८ रन बनाए।

नेपालका करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *