हरित परिवर्तनको नेतृत्व गर्ने घिसिङको दाबी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २३

काठमाडौँ । कुलमान घिसिङले नेपाललाई अब राजनीतिक परिवर्तनभन्दा पनि सुशासन र दिगो विकासमा केन्द्रित नयाँ अभियान आवश्यक रहेको बताएका छन्।

एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले “हरित क्रान्ति” को अवधारणामार्फत देशलाई समृद्धिको दिशामा अघि बढाउने दाबी गरे। घिसिङले विगतका आन्दोलनहरूले राजनीतिक परिवर्तन ल्याए पनि अपेक्षित विकास र संस्थागत सुधार हुन नसकेको टिप्पणी गरे।

उनले दिगो विकास, सुशासन र स्थायित्वलाई हरित क्रान्तिको मुख्य आधारका रूपमा प्रस्तुत गर्दै यही लक्ष्यसहित पार्टी अघि बढिरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *