सुनसरीमा दुर्घटना : प्रहरी जवानको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २३

इनरुवा :  सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सडक दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ।

त्रियुगा नगरपालिका–२ का ३२ वर्षीय प्रहरी जवान रन्दीप पौडेलको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीका अनुसार पौडेल सवार स११प २५०० नम्बरको मोटरसाइकल र प्र १-०२-००३ ह १०५२ नम्बरको सिटी सफारी आपसमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए। दुर्घटनापछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि बचाउन सकिएन।

कोशी ब्यारेज प्रहरी चौकीमा कार्यरत पौडेलको मृत्यु भएपछि परिवार र प्रहरी संगठन शोकमा छन्।

दुर्घटनामा संलग्न भनिएका सिटी सफारी चालक कोशी गाउँपालिका–८ का ४४ वर्षीय पुने खान उर्फ रजाक मियाँ घटनापछि फरार रहेका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *