|
२०८३ जेष्ठ २३
काठमाडौं । सरकारले आठ विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्तिका लागि उम्मेदवारहरूको अल्पसूची सार्वजनिक गरेको छ। सिफारिस समितिले प्राप्त आवेदनहरूको मूल्यांकनपछि योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो।
अल्पसूचीमा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका उम्मेदवारहरू समावेश छन्।
समितिले अल्पसूचीमा परेका उम्मेदवारबारे सरोकारवालासँग राय तथा सुझावसमेत माग गरेको छ। प्राप्त सुझावका आधारमा अन्तिम सिफारिस प्रक्रिया अघि बढाइने जनाइएको छ।






दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्