|
२०८३ जेष्ठ २२
काठमाडौँ — पूर्वप्रधानन्यायाधीश तथा पूर्वमन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा यसको मूल संरचना, प्रस्तावना र मर्म अक्षुण्ण राख्नुपर्ने सुझाव दिएका छन्।
संविधान संशोधनसम्बन्धी बहसपत्र तयारी कार्यदलसँगको भेटमा उनले शासकीय स्थायित्व र शक्ति सन्तुलनमा ध्यान दिनुपर्नेमा जोड दिए। साथै अत्यधिक स्थायित्वको खोजीले निरङ्कुशताको जोखिम बढ्न सक्ने चेतावनीसमेत दिएका छन्।
रेग्मीले समानुपातिक प्रतिनिधित्व प्रणालीको आकार घटाउने, अविश्वास प्रस्तावसम्बन्धी व्यवस्थामा सुधार गर्ने तथा युवालाई राजनीतिमा आकर्षित गर्न उम्मेदवारीको न्यूनतम उमेर घटाउन सकिने सुझाव दिएका छन्।
त्यसैगरी उनले संवैधानिक आयोगहरूको पुनर्संरचना, न्याय प्रणालीमा सुधार र केही प्रदेशहरूको विकासका लागि विशेष संवैधानिक व्यवस्था आवश्यक रहेको पनि बताएका छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्