जेनजी आन्दोलनपछि २७ प्रहरी बेपत्ता– ७ दिनभित्र हाजिर हुन आदेश

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १०

काठमाडौं। प्रहरी प्रधान कार्यालयले बिना जानकारी कार्यालयबाट टाढा बसेका २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन आदेश दिएको छ। गैरहाजिर सूचीमा एक जना प्रहरी सहायक निरीक्षक, दुई जना हबल्दार, तीन जना सहायक हबल्दार, २० जना प्रहरी जवान र एक जना कार्यालय सहयोगी रहेका छन्।

सूचनामा उल्लेख भएअनुसार दुई जनाबाहेक सबै जेनजी आन्दोलनपछि नै कार्यालयसँग सम्पर्कविहीन बनेका छन्। उनीहरूको नाम, ठेगाना र गैरहाजिर भएको मिति उल्लेख गर्दै प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ।

गैरहाजिर भएको कारण अझै स्पष्ट छैन। प्रहरी मुख्यालयले कार्यालय उपस्थित भएपछि उचित स्पष्टीकरण पेश गर्न पनि निर्देशन दिएको छ। अन्यथा कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।

गैरहाजिर भएका कर्मचारीहरूको विवरण हेर्नुहोस्:

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *