|
जेष्ठ २२, २०८३
काठमाडौँ, जेठ २२ — सीमा विवादसम्बन्धी अभिव्यक्तिलाई लिएर नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ।
त्रिचन्द्र क्याम्पस परिसरमा भेला भएका विद्यार्थीहरूले प्रधानमन्त्री शाहविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डताजस्ता संवेदनशील विषयमा गैरजिम्मेवार अभिव्यक्ति आएको आरोप लगाउँदै तत्काल राजीनामाको माग गरेका छन्।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले उक्त अभिव्यक्तिको कडा निन्दा गरेका छन्।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्