|
जेष्ठ २०, २०८३
दुबई : इरान–अमेरिका तनाव चुलिएका बेला कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएको जनाइएको छ।
आक्रमणपछि विमानस्थलमा क्षति पुगेको र केही व्यक्ति घाइते भएको कुवेती अधिकारीहरूले बताएका छन्। घटनालगत्तै सुरक्षा सतर्कता बढाउँदै व्यापारिक उडानहरू अस्थायी रूपमा रोकिएको छ।
क्षेत्रीय तनाव बढिरहेका बेला भएको यो घटनाले मध्यपूर्वको सुरक्षा अवस्था थप संवेदनशील बनेको विश्लेषण गरिएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्