|
२०८३ जेष्ठ २०
काठमाडौं, जेठ २० — २१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना हुने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
एमाले केन्द्रीय संगठन विभागद्वारा आयोजित उक्त कार्यशालामा प्रदेश तथा जिल्ला तहका इन्चार्ज, जनसंगठनका पदाधिकारी तथा विभिन्न संगठनात्मक जिम्मेवारीमा रहेका नेताहरू सहभागी हुनेछन्।
पार्टीले संगठन सुदृढीकरण, सदस्यता विस्तार र नवीकरण प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यसहित कार्यशाला आयोजना गरेको जनाएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्