|
२०८३ जेष्ठ १९
नवलपुर । गैँडाकोट–२ स्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन्। उनीसँगै नदीमा गएका अर्का बालकलाई स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।
बेपत्ता बालकको खोजी कार्य जारी रहेको छ। प्रारम्भिक जानकारीअनुसार दुवै बालक चितवनको एक विद्यालयमा अध्ययनरत विद्यार्थी हुन सक्ने अनुमान गरिएको छ। उनीहरूको औपचारिक परिचय भने अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्