मुग्लिन–पोखरा सडकमा दुर्घटना न्यूनीकरणका लागि सेफ्टी अडिट सुरु

DaksuMedia दाक्सु मिडिया
|
जेष्ठ १९, २०८३

कास्की, जेठ १९ — पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडकखण्डमा बढ्दो सवारी दुर्घटना रोक्न ‘सेफ्टी अडिट’ सुरु गरिएको छ।

सडक स्तरोन्नति अन्तिम चरणमा पुगेसँगै यात्री सुरक्षालाई प्राथमिकतामा राख्दै मोड, पुल, चोक, साइनबोर्ड, डिभाइडर तथा दुर्घटना जोखिमयुक्त क्षेत्रहरूको विस्तृत अध्ययन गरिने आयोजनाले जनाएको छ।

आयोजना प्रमुखका अनुसार अडिटको प्रतिवेदनका आधारमा सडक सुरक्षा सुधार, ट्राफिक संकेत, रेलिङ र गति नियन्त्रणका थप व्यवस्था गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *