|
जेष्ठ १९, २०८३
काठमाडौं, जेठ १९ — नेपाली कांग्रेसले सरकारका कामकारबाहीमा निगरानी बढाउने उद्देश्यसहित ‘छाया सरकार’ गठन गरेको छ।
संसदीय दलले दलका नेता भीष्मराज आङ्देम्बेलाई छाया प्रधानमन्त्रीको जिम्मेवारी दिएको छ। विभिन्न मन्त्रालयका लागि छाया मन्त्रीहरू तोक्दै कांग्रेसले संसदीय अभ्यासलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।
छाया मन्त्रिपरिषद्मा गृह, अर्थ, परराष्ट्र, शिक्षा, स्वास्थ्य, कानुनलगायत विभिन्न क्षेत्रका जिम्मेवारी बाँडफाँड गरिएको छ।



दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्