सुक्खा पहिरोले खाँदबारी–किमाथाङ्का सडक पूर्ण अवरुद्ध

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १७

खाँदबारी, जेठ १७ — सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ सिरेक क्षेत्रमा कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्ड सुक्खा पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

शुक्रबारदेखि भिरालो भागबाट लगातार ढुंगा, माटो र गेग्रान खस्दा करिब १५ मिटर सडक पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरो खस्ने क्रम जारी रहेकाले सडक खुलाउने काम प्रभावित भएको छ।

सडक अवरुद्ध हुँदा उत्तरी भोटखोला क्षेत्रका स्थानीयवासी, यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित भएका छन्। सडक खुलाउन प्रहरी, स्थानीय तह र सम्बन्धित निकायले समन्वयमा काम गरिरहेका छन्।

अधिकारीहरूले कमजोर चट्टान र भिरालो भू–भागका कारण जोखिम अझै कायम रहेकाले यात्रा गर्दा सतर्क रहन आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *